काठमाडौँ- बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा चार नेपाली फोटोग्राफरले खिचेका तस्बिरहरूको प्रदर्शनी ‘मित्रता’ जारी छ। प्रदर्शनी साउन ३२ गतेसम्म चल्नेछ।
नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा नेपालस्थित युरोपेली संघले फोटो प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगिताबाट सुशीला विश्वकर्मा, आकृति श्रेष्ठ, इशान तीवारी, रबिक उपाध्याय छानिएका हुन्। उनीहरूले कैद गरेका तस्बिरहरू प्रदर्शनी भइरहेको छ।
प्रदर्शनीको नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले शुक्रबार उद्घाटन गरिन्। उनले युवा फोटोग्राफरहरूले खिचेका तस्बिरहरुले युरोपेली संघ र नेपालबीचको बलियो सम्बन्ध चित्रण गरेको धारणा राखिन्।
प्रकाशित: २० साउन २०८१ २१:२२
प्रतिक्रिया