सांकेतिक तस्बिर।
काठमाडौँ- आइतबार बागमती नदीको किनारमा एक पुरुषको शव भेटिएको छ।
ललितपुर महानगरपालिका- ३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। ४० वर्ष हाराहारीको पुरुषको शव भेटिएको हो।
सुवेदीका अनुसार शव अहिले पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ । बिहान करिब ८ बजेतिर नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।
प्रकाशित: २० साउन २०८१ १२:३८ | Sunday, August 4, 2024
प्रतिक्रिया




