वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : सिटौला

हिमाल प्रेस १५ साउन २०८१ २१:२० | Tuesday, July 30, 2024
वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : सिटौला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन्।

परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज (मंगलबार) यहाँ आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको धारणा राखे।

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शंका गर्ने ठाउँ नरहेको जिकिर गरे।

प्रकाशित: १५ साउन २०८१ २१:२० | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast