त्रिविको उत्तरपुस्तिका गायब पारेर कारबाही नभएकोमा मन्त्रीले जिम्मा लिनुपर्छ : सुवाल

हिमाल प्रेस १३ साउन २०८१ १७:२१ | Sunday, July 28, 2024
त्रिविको उत्तरपुस्तिका गायब पारेर कारबाही नभएकोमा मन्त्रीले जिम्मा लिनुपर्छ : सुवाल नेमकिपाका सांसद प्रेम सुवाल।

काठमाडौँ- सांसद प्रेम सुवालले त्रिविको उत्तरपुस्तिका गायब पार्नेलाई कारबाही नभएको भन्दै यसमा सरकारमा रहेका मन्त्रीहरूले जिम्मा लिनुपर्ने बताएका छन्।

आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘अहिले देखिएको हैजा संक्रमण, त्रिविका उत्तरपुस्तिका गायब पारी कारबाही नभएको,एसईईमा अनुत्तीर्ण भएको,बस दुर्घटना आदिको जिम्मेवारी सरकारमा रहेका मन्त्रीहरूले लिनु आवश्यक छ।’

उनले सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको पनि बताए। ‘एउटै व्यक्ति दुई तीन पटक प्रधानमन्त्री र मन्त्रीहरू भए तर काम गरेनन्‚ सुविधा मात्रै लिइरहे’‚ उनले भने।

प्रकाशित: १३ साउन २०८१ १७:२१ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast