गाजाको एक विद्यालयमा इजराइलले गर्‍यो आक्रमण, ३० जनाको मृत्यु

हिमाल प्रेस १२ साउन २०८१ १८:०४ | Saturday, July 27, 2024
गाजाको एक विद्यालयमा इजराइलले गर्‍यो आक्रमण, ३० जनाको मृत्यु

काठमाडौँ- गाजाको एक विद्यालयमा इजराइली सेनाको आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।

गाजाले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजराइली सेनाकाे आक्रमणमा परी ३० जनाको ज्यान गएको जनाएको हो।

विस्थापित प्यालेस्टिाइनी बसिरहेको विद्यालयमा इजराइलले आक्रमण गरेको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ।

आतंककारी गतिविधि र रकेट आक्रमणलाई मध्यनजर गरी आफ्नो सेनालाई दक्षिणी सहर खान युनिस आसपासको क्षेत्रमा पठाइने इजराइली सेनाले चेतावनी दिएको थियो।

इजराइली डिफेन्स फोर्सेस (आइडिएफ) ले गत साता पनि यस्तै चेतावनी जारी गरेको थियो। चेतावनीपछि बसोबास क्षेत्रको सीमामा हेरफेर गरिएको थियो।

 

प्रकाशित: १२ साउन २०८१ १८:०४ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast