कर्मचारी संगठनको ध्यानाकर्षण : कानुनविपरीत सेवा अवधि नपुगेकाको सरुवा नहोस्

हिमाल प्रेस १२ साउन २०८१ ८:४४ | Saturday, July 27, 2024
कर्मचारी संगठनको ध्यानाकर्षण : कानुनविपरीत सेवा अवधि नपुगेकाको सरुवा नहोस्

काठमाडौँ- नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रचलित ऐन कानुनविपरीत सेवा अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै संगठनले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई राजनीतिक दबाबका आधारमा ऐन, कानुन र मापदण्डविपरीत सरुवा थमौती नगर्न आग्रह गरेको हो। राजनीतिक पहुँच नभएका कर्मचारीलाई ऐन, कानुनविपरीत पूर्वाग्रह राखी अन्यायपूर्ण ढंगले गरिएका सरुवासम्बन्धी काम कारबाही यथाशीघ्र सच्च्याउन सरकारको ध्यानाकर्षण गराइएको संगठनका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिए।

संघीय निजामती सेवा ऐन जारी हुन नसकिरहेको संक्रमणकालीन अवस्थामा स्थानीय तहमा रहेर सेवा प्रवाह गरिरहेका कर्मचारी दोहोरो सहमति साथ प्राप्त निवेदन यथास्थितिमा रहेकाले यथाशीघ्र सरुवासम्बन्धी मापदण्ड बनाई मागबमोजिम सरुवा व्यवस्थापन गर्न संगठनले माग गरेको छ।

प्रकाशित: १२ साउन २०८१ ८:४४ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast