मौद्रिक नीति : लघुवित्त संस्था मर्जर र प्राप्तिलाई प्रोत्साहन

हिमाल प्रेस ११ साउन २०८१ १३:०६ | Friday, July 26, 2024
मौद्रिक नीति : लघुवित्त संस्था मर्जर र प्राप्तिलाई प्रोत्साहन गभर्नर महाप्रसाद अधिकारी

काठमाडौँ– नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरू तथा तिनका शाखाहरू बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

यसैगरी लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ। लघुवित वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने पनि अधिकारीले बताए।

उनले भने, ‘परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिनेछ।’ साथै कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ।

प्रकाशित: ११ साउन २०८१ १३:०६ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast