काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिवमा नियुक्त भएकी लीलादेवी गड्तौलालाई बधाई दिएका छन्। ओलीले गड्तौलालाई पहिलो मुख्य सचिव बनेकोमा बधाई दिएका हुन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलोपटक महिलालाई! आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई।’
प्रकाशित: १० साउन २०८१ १८:०६
प्रतिक्रिया