स्थानीय प्रशासनमा मिटरब्याजसम्बन्धीका निवेदन नै निवेदन

हिमाल प्रेस १० साउन २०८१ १०:५१ | Thursday, July 25, 2024
स्थानीय प्रशासनमा मिटरब्याजसम्बन्धीका निवेदन नै निवेदन फाइल तस्बिर।

महोत्तरी- स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी निवेदनका चाङ लागेका छन्। आर्थिक वर्ष २०८०/८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फर्स्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फर्स्यौट भएका छन्। अदालतमा विचाराधीन मुद्दा धेरै भएकाले निराकरणमा जटिलता भएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबार बताउँछन्।

सरकारले मिटरब्याजबाट ठगिएकालाई उजुरी गर्न आह्वान गरेपछि स्थानीय प्रशासन र प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको उनले बताए। कानुनी सीमाका कारण धेरै मुद्दामा निर्णायक छलफल नै हुन नसकेको उनको कथन छ।

प्रकाशित: १० साउन २०८१ १०:५१ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast