काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।
सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको हाे। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिसकिएको प्रहरीले जनाएको छ।
सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा दुर्घटनामा परेको हो।
सबै तस्बिर नेपाली सेना

सौर्य एयरलाइन्स दुर्घटना : पाइलटको उद्धार, १९ यात्रुको उद्धार प्रयास जारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
प्रकाशित: ९ साउन २०८१ १२:२७ | Wednesday, July 24, 2024
प्रतिक्रिया



