एसिया कप : नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

हिमाल प्रेस ६ साउन २०८१ २१:४७ | Sunday, July 21, 2024
एसिया कप : नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित तस्बिरः एसीसी

काठमाडौँ- श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। श्रीलंकाको डम्बुला मैदानमा आइतबार भएको खेलमा पाकिस्तानले नेपालविरुद्ध ९ विकेटको जित निकालेको हो।

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेटको क्षतिमा भेटाएको हो। पाकिस्तानका लागि गुल फेरोजाले अर्धशतकको पारी खेलिन्। उनले १० चौका प्रहार गर्दै ५७ रन बनाइन्। त्यस्तै मुनिबा अलिले अविजित ४६ रन बनाइन्।

यसअघि नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो।

नेपालका लागि कविता जोशीले ३१, सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन बनाएका थिए। पाकिस्तानका लागि सादिया इक्बालले २ र फातिमा सानाले १ विकेट लिएका थिए।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूहको शीर्षस्थानमा ४ अंकसहित भारत रहेको छ। पाकिस्तान र नेपालको समान २ अंक छ। यद्यपि रनरेटका आधारमा नेपालभन्दा पाकिस्तान माथि छ। यूएई अंकविहीन छ।

त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।

प्रकाशित: ६ साउन २०८१ २१:४७ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast