टिप्पणी

ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई एउटै डालोमा नहालाैँ

हिमाल प्रेस ५ साउन २०८१ १४:१२ | Saturday, July 20, 2024
14
SHARES
ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई एउटै डालोमा नहालाैँ

सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल, कार्यालय सहयोगी) लाई एउटै डालोमा हालेर व्याख्या विश्लेषण गरिन्छ। यथार्थ त्यस्तो होइन। ईसीडी शिक्षक १० देखि २ बजेसम्म मात्र विद्यालयमा रहनुहुन्छ। विद्यालय कर्मचारी २४ घण्टा खट्नुपर्छ। हामीसँग तुलना नगरीदिनुस्।

शिक्षकको पढाउने मात्र जिम्मेवारी हुन्छ। तर विद्यालय कर्मचारीले विद्यालयकै जिम्मेवारी बोक्नुपर्छ। राम्रो काम गर्‍यो भने कसैले प्रोत्साहन गर्दैनन्। कतै कुनै सानो गल्ती भए लेखापालको टाउकोमा थोपर्ने गर्छन्। आर्थिक कारोबारको सम्पूर्ण जिम्मेवारी लेखापालको हुन्छ तर हालसम्म पनि प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिले चेकमा हस्ताक्षर गराएर आफूखुसी खर्च गरेर लेखापाललाई बिल, भौचर पनि देखाउँदैनन्।

भ्रष्टाचारको मुद्दा पर्‍यो भने त्यसको सामना गर्नुपर्ने हुन्छ। यस्तो घटनाको कारणले त कति लेखा कर्मचारीले आत्मदाह समेत गरेका छन्। के हामीभन्दा बढी पीडा छ र ईसीडी शिक्षकको? लेखा कर्मचारीले चेकमा हस्ताक्षर गर्न मानेन भने समन्वय एकाई, स्थानीय तहमा प्रधानाध्यापकले हाम्रो बारेमा गुनासो गर्छन्। लेखापालकै गल्ती देखाउन पछि पर्दैनन्। के तपाईं शिक्षक साथीहरूलाई हाम्रो जस्तो पीडा छ?

राज्यको नीतिका कारण विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई समान तुलना गरिन्छ। त्यो हामी मान्दैनौं। विद्यालयमा काम गर्ने भनेर मात्र हुँदैन। जिम्मेवारीलाई पनि हेर्नुपर्छ। राज्यले ईसीडी शिक्षक र कर्मचारीलाई अन्य शिक्षकभन्दा फरक व्यवहार गरेको छ। यो सत्य हो।

यथार्थमा ईसीडी शिक्षकभन्दा पनि हामी अन्यायमा छौं। विद्यालय कर्मचारीको तलब समान छैन। विद्यालय कर्मचारीको मुद्दा कसैले उठाउँदा ईसीडी शिक्षकले दुःख मान्नु हुँदैन। ईसीडीको मुद्दा उठाउँदा हामी कर्मचारीले पनि दुःख व्यक्त गर्नु हुँदैन। खुसी हुनुपर्छ। जिम्मेवारीका हिसावले फरक भए पनि ईसीडी शिक्षक र विद्यालय कर्मचारीबिना विद्यालय शिक्षा सुधार हुन सक्दैन। राज्यले पनि भेदभाव नगरी जिम्मेवारीअनुसार तलब, सेवासुविधा दिनुपर्छ।

[यादव विद्यालय लेखापाल हुन्]

प्रकाशित: ५ साउन २०८१ १४:१२ | Saturday, July 20, 2024

प्रतिक्रिया

One thought on “ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई एउटै डालोमा नहालाैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast