यश कुमारले ल्याए आत्महत्या दुरुत्साहनविरुद्धको गीत

हिमाल प्रेस ३ साउन २०८१ ११:३९ | Thursday, July 18, 2024
यश कुमारले ल्याए आत्महत्या दुरुत्साहनविरुद्धको गीत

काठमाडौँ- गायक तथा अभिनेता यश कुमारले ‘हिरो’ बाेलकाे गीत सार्वजनिक गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर छ। ‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्धा उठान गरेका छन्।

पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका घटनाहरु बढि रहेकाले यो मुद्धा उठाउनुपर्छ भन्ने लागेर गीत निर्माण गरेको उनले बताए ।

गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय छ। साथै गायक यश कुमार पनि अतिथि भूमिका देखिएका छन्। भिडियाेका  निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। यो उनको यशसँग पाँचौं सहकार्य हो।

गीतमा हरि हुँमागाईको छायांकन, बिकास धमलाको सम्पादन रहेको छ। यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सन समेत सार्वजनिक गरेका छन्।

प्रकाशित: ३ साउन २०८१ ११:३९ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast