परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूतले गरे शिष्टाचार भेट

हिमाल प्रेस १ साउन २०८१ १४:३४ | Tuesday, July 16, 2024
परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूतले गरे शिष्टाचार भेट

काठमाडौँ-  नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन्। भारतका राजदूत नवीन श्रीवास्तव र परराष्ट्रमन्त्री आरजु राणाबीच मंगलवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्री राणासंगको भेटमा भारतीय राजदूत श्रीवास्तवले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिए। परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्र मन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवका बीचमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ।

सोमबार परराष्ट्र मन्त्री नियुक्त भएकी डा. राणासंग शिष्टाचार भेट गर्ने श्रीवास्तव पहिलो राजदूत हुन्।

प्रकाशित: १ साउन २०८१ १४:३४ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast