ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस ३१ असार २०८१ १८:३५ | Monday, July 15, 2024
ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार सिंहदरबारमा बसेको छ। सबै मन्त्रीहरूले पदभार गरिसकेपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो।

आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले आज सोमबार पद तथा गोपनीयताको शपथ लिए। लगत्तै मन्त्रिपरिषद् विस्तार पनि गरे। मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित २२ सदस्य छन्। यो मन्त्रिपरिषद्‌‌मा २० पटकसम्म मन्त्री भएका, आठपटक मन्त्री भएका र पहिलोपटक मन्त्री भएकाहरू छन्।

कांग्रेस-एमालेसहितको गठबन्धन सरकारको नेतृत्व गरेका केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन्।

 

प्रकाशित: ३१ असार २०८१ १८:३५ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast