गोरखाको माछापोखरीमा डुबेर एक जनाको मृत्यु

हिमाल प्रेस ३० असार २०८१ २०:०७ | Sunday, July 14, 2024
गोरखाको माछापोखरीमा डुबेर एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

गोरखा- गोरखामा माछापोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको आज डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

दिउँसो पाँचजना साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मत्यु भएको हो। घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० असार २०८१ २०:०७ | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast