‘सकम्बरी’ जोडिएपछि ‘माइली’मा कलाकारको लाइन अप पूरा

हिमाल प्रेस २९ असार २०८१ ९:०४ | Saturday, July 13, 2024
‘सकम्बरी’ जोडिएपछि ‘माइली’मा कलाकारको लाइन अप पूरा

काठमाडौँ- प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरेपछि फिल्म ‘माइली’मा मोडल कुसुम शर्मा ‘सकम्बरी’ अनुबन्धित भएकी छन्। रुना इन्टरटेन्मेन्टले बाबु बलामीको निर्देशनमा बनाउने यो फिल्ममा ‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल शर्माले अभिनय गर्ने भएकी हुन्।

कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइन अप पूरा भएको बताइएको छ। निर्देशक बलामीले सत्य घटनामा आधारित कथामा यो फिल्म बन्न लागेको बताएका छन्। फिल्ममा श्रीमानको अनुपस्थितिमा बच्चा हुर्काइरहेकी महिलाको सामाजिक र पारिवारिक अवस्था चित्रण गरिनेछ। यो फिल्मको छायाँकन मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौं र दुबईमा हुने भनिएको छ।

प्रकाशित: २९ असार २०८१ ९:०४ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast