दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

हिमाल प्रेस २६ असार २०८१ १६:५६ | Wednesday, July 10, 2024
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

काठमाडौँ– नेपाली महिला टोलीले श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्धको दोस्रो ट्वान्टी-२० अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेपाल चार विकेटले पराजित भयो। नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य श्रीलंकन टोलीले एक बल बाँकी हुँदा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

श्रीलंकन टोलीका लागि सिनार्थनेले २७, सन्दीपनीले अविजित १९, इमिका मेन्डिसले १७ र मदराले अविजित १६ रन बनाए। नेपालका लागि किर्तिका मरासिनी, सबनम राई, कप्तान इन्दु बर्मा र कविता जोशीले समान एक विकेट लिए। त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो। नेपालका लागि कविता कुँवरले २९, इन्दु बर्माले अविजित २८ र सम्झना खड्काले ११ रन बनाए।

श्रीलंकन टोलीका लागि दुलानी,थरिक सिवान्गी, दिवामी भिहन्गा र सन्दीनु निसान्सलाले समान एक विकेट लिए। पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो। तेस्रो तथा अन्तिम अभ्यास खेल साउन १ गते हुनेछ।

नेपालले एसिसी महिला एसिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्ध अभ्यास खेल खेलिरहेको हो।

प्रकाशित: २६ असार २०८१ १६:५६ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast