पोखरामा बालिकामाथि सामूहिक करणी, दुई जना पक्राउ

हिमाल प्रेस २३ असार २०८१ १८:५२
70
SHARES
पोखरामा बालिकामाथि सामूहिक करणी, दुई जना पक्राउ

पोखरा- एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पोखराबाट दुई जना युवक पक्राउ परेका छन्। उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धकसमेतको अभियोग छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका-१०, गोपालपुर स्थायी घर भई हाल पोखरा-११, रानीपौवा बस्ने वर्ष २१ का अरुणकुमार दास र भारतको विहार प्रदेश सीतामणि जिल्ला डुमराथाना सुरसड पक्ष्मी १, घर भई हाल पोखरा-११, रानीपौवा बस्ने वर्ष १९ का सुनिल दास भन्ने सुनिल कुमार रहेका छन्।

घटना क्रमअनुसार उनीहरूले गत असार १७ गते बिहान ११ बजे तनहुँको थर्पुबाट ती बालिकालाई ललाइफकाई गरी ग ८ प ४२८० नम्बरको मोटरसाइकलको बीचमा राखेर पोखरा रानीपौवा डेरामा ल्याएका थिए।

प्रहरीका अनुसार उनीहरूले त्यहाँ रातिसम्म पालैपालो सामूहिकरूपमा जबर्जस्ती करणी गरेका थिए। सो राति नै तनहुँँ फर्किने क्रममा पोखरा-३०, पावरहाउसमा प्रहरी जाँचका क्रममा भाग्न खोज्दा उनीहरू पक्राउ परेका हुन्।

उनीहरुलाई कानुनबमोजिम कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले बताए।

प्रकाशित: २३ असार २०८१ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =