इंग्ल्यान्ड समूह विजेता, सर्बिया बाहिरियो

हिमाल प्रेस १२ असार २०८१ ७:१०
12
SHARES
इंग्ल्यान्ड समूह विजेता, सर्बिया बाहिरियो

काठमाडौँ- युरो २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ।

जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन। यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा अघि बढेको छ।

डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान ३-३ अंक र गोल भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो।

स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ।

प्रकाशित: १२ असार २०८१ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =