काठमाडौँ- युरो २०२४ मा लगातार दुई जित निकाल्दै पोर्चुगल ‘अन्तिम १६’ चरणमा पुगेको छ।
टर्कीमाथि ३-० को जित निकाल्दै क्रिस्टियानो रोनाल्डोको टिम ‘अन्तिम १६’ चरणमा पुगेको हो।
टर्कीमाथि जित निकाल्न पोर्चुगलका बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल एक-एक गोल गरेका थिए। थप एक गोल भने टर्कीका डिफेन्डरको गल्तीले लागेको थियो। खेलभर पोर्चुगलले दबदबा राख्यो।
खेल सुरु भएको २१ मिनेटमै सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए।
त्यसको ७ मिनेट पश्चात् अर्थात २८ औँ मिनेटमा पोर्चुगलले उपहार स्वरूप अर्को गोल पाएको थियो। २-० को अग्रतालाई ५५ औँ मिनेटमा गोल गर्दै ब्रुनो फर्नान्डेजले ३-० मा पुर्याएका थिए।
यो जितसँगै समूह इ बाट पोर्चुगल नकआउट चरणमा पुगेको छ। २ खेलमा २ जित निकाल्दै पोर्चुगल ६ अंकका साथ समूह विजेता बनेर माथिल्लो चरणमा पुगेको हो।
यो समूहबाट टर्की ३ खेलबाट एक जितका साथ ३ लिएर दोस्रो र दुई–दुई खेल खेलेका चेक गणतन्त्र र जर्जिया भने एक–एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।