पोल्यान्डमाथि अस्ट्रियाको सहज जित

हिमाल प्रेस ८ असार २०८१ ७:४२ | Saturday, June 22, 2024
पोल्यान्डमाथि अस्ट्रियाको सहज जित

काठमाडौँ- युरो २०२४ को समूह चरणको खेलमा पोल्यान्डमाथि अस्ट्रियाले जित निकालेको छ। अस्ट्रियाले पोल्यान्डमाथि ३–१ गोलको सहज जित हात पारेको हो।

खेल सुरु भएको नवौँ मिनेटमै अस्ट्रियाका लागि गेरनट ट्राउनरले पहिलो गोल गरेका थिए।

निर्धारित समयको ३०औँ मिनेटमा पोल्यान्डका क्रिस्तोफ पितेकले जवाफी गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि खेलको दोस्रो हाफमा अस्ट्रियाले दुई गोल थप्यो।

अस्ट्रियाका लागि दोस्रो गोल ६६औँ मिनेटमा क्रिस्टोफ बुमगार्टनरले गरेका थिए । अस्ट्रियाका लागि तेस्रो गोल भने ७८औँ मिनेटमा मार्कोले पेनाल्टीमार्फत गरेका थिए।

प्रकाशित: ८ असार २०८१ ७:४२ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast