एम्बाप्पे बिनाको खेलमा नेदरल्यान्ड्ससँग बराबरीमा रोकियो फ्रान्स

हिमाल प्रेस ८ असार २०८१ ७:११ | Saturday, June 22, 2024
एम्बाप्पे बिनाको खेलमा नेदरल्यान्ड्ससँग बराबरीमा रोकियो फ्रान्स

काठमाडौँ- युरो २०२४ को समूह चरणको खेलमा नेदरल्यान्ड्स र फ्रान्सले बराबरीमा रोकिएका छन्। आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा केलियन एम्बाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखेपनि फिनिसिङमा चुकेको थियो।

यता, नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरेपनि रेफ्री र भिडियो सहायता रेफ्री (भीएआर)को विवादास्पद निर्णयले गोलले मान्यता नपाउँदा जितबाट वञ्चित बन्यो।
खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरण नजिक पुगेको छ। तर, यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरणमा स्थान बनाउने थियो।

नेदरल्यान्ड्सविरुद्धको खेलमा फ्रान्सको कप्तानी एन्टोइन ग्रिजमनले गरेका थिए।

दुबै टोलीको दुई खेल पछि चार अंक पुगेको छ। गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ। अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ।

अब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ।

बाहिरियो पोल्यान्ड
फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेपछि पोल्यान्ड भने उपाधि होडबाट बाहिरिएको छ ।

बाँकी तीनवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

 

 

प्रकाशित: ८ असार २०८१ ७:११ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast