गृहमन्त्री लामिछानेको निलम्बन मागिएको रिट हेर्दाहेर्दैमा, अर्को पेसी असार १६ मा

हिमाल प्रेस ७ असार २०८१ १७:३९ | Friday, June 21, 2024
गृहमन्त्री लामिछानेको निलम्बन मागिएको रिट हेर्दाहेर्दैमा, अर्को पेसी असार १६ मा

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेसी रहेको मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। उनका अनुसार अर्को पेसी असार १६ गतेका लागि तोकिएको छ।

सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दायर गरेका थिए ।

रिटमा शुक्रबार रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। लामिछानेका तर्फबाट बहसका लागि समय नपुगेको र जवाफ पनि बाँकी रहेको सर्वोच्चले जनाएको छ।

रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो।

प्रकाशित: ७ असार २०८१ १७:३९ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast