बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण तत्काल सुरु गर्न भन्दै प्रधानमन्त्री भेट्न पुगे गोरखा र धादिङका सांसद

हिमाल प्रेस ४ असार २०८१ १६:५४ | Tuesday, June 18, 2024
बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण तत्काल सुरु गर्न भन्दै प्रधानमन्त्री भेट्न पुगे गोरखा र धादिङका सांसद

काठमाडौँ- गोरखा र धादिङका सांसदहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेटेर सांसदहरूले आयोजना निर्माण सुनिश्चित गर्न माग गरेका हुन्।

प्रतिनिधिसभा सांसदहरू राजेन्द्र  बजगाईं, रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्तले बूढीगण्डकी आयोजना सुनिश्चितता माग गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका हुन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्रीलाई भेटेर आयोजना निर्माण अघि बढाउन माग गरेका हुन्। भेटमा सांसदहरूले निर्माणको सुनिश्चितता, त्यस क्षेत्रका बासिन्दाको पुनर्वास, सडक तथा दूरसञ्चारलगायतमा राज्यले  अझै चासो देखाउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुन्छ भन्ने विश्वास राज्यका तर्फबाट दिलाइनुपर्ने पनि बताएका थिए। प्रधानमन्त्री दाहालले बूढीगण्डकी आयोजना निर्माण हुने बताएका छन्।

प्रकाशित: ४ असार २०८१ १६:५४ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast