ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

हिमाल प्रेस ३ असार २०८१ १७:२३ | Monday, June 17, 2024
ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन जयप्रकाश गच्छदार

इटहरी– मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनी माघ १० गते मस्तिष्कघात भएर थलिएका थिए। अध्यक्ष बिरामी भएपछि चार महिनायता उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छिन्।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले गच्छदारको सोमबार दिउँसो निधन भएको जानकारी दिए। स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए। माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ।

 

प्रकाशित: ३ असार २०८१ १७:२३ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast