बर्खायाम र किसानको दैनिकी समेटिएकाे ‍‘असार साउन’

सुस्मिता बजगाईं ३ असार २०८१ १३:१७ | Monday, June 17, 2024
बर्खायाम र किसानको दैनिकी समेटिएकाे ‍‘असार साउन’

काठमाडौँ- असार साउन भनेकाे किसानकाे मानो रोपेर मुरी उब्जाउने समय हाे अर्थात् मकै, आलु गोड्ने, रोपाईं गर्ने, कोदो राप्नेजस्ता अन्नबाली उब्जाउने समय। यतिखेर किसानीहरुलाई कामको निकै चटारो हुन्छ। उनीहरु खेतबारीमा निकै व्यस्त देखिन्छन्।

यस्तै व्यस्तताले प्रेमिकासँग भेट्न समय नमिलेको भन्दै गायक विष्णु खत्रीले मौलिक गीत ‘असार साउन’ सार्वजनिक गरेका छन्। गीतमा उनले वर्षा लागेसँगै भ्यागुत्ता र झ्याउँकिरी कराउने, युवा विदेश पलायनले खेतबारी बाँझिएको प्रसंग पनि उठाएका छन्।

विनोद भण्डारीको कथा तथा निर्देशनमा बनेको गीतको भिडियोमा बर्खायामको प्रकृति र मानिसबीचको सामीप्यतालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। भिडियोमा निर्देशक भण्डारीसहित मनिशा लामाको अभिनय छ।

गीतमा गायक विष्णुलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन्। गायक विष्णुकै शब्द र संगीत रहेको गीतमा कृष्ण बिक ‘भान्जा’को संगीत संयोजन छ।

श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। मरुभूमि नारायणले छायांकन गरेको भिडियोको सम्पादनमा मनोज कार्की छन्। गीत गायक खत्रीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्तो छ गीत

प्रकाशित: ३ असार २०८१ १३:१७ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast