उपत्यकामा पेट्रोलियम पदार्थ बिक्री ठप्प

हिमाल प्रेस ३ असार २०८१ १२:२२
128
SHARES
उपत्यकामा पेट्रोलियम पदार्थ बिक्री ठप्प पेट्रोल पाउनका लागि लाइन लागेकाहरू

काठमाडौँ– उपत्यकाका पेट्रोल पम्पहरू बन्द हुँदा पेट्रोलियम पदार्थ बिक्रीवितरण ठप्प भएको छ। पेट्रोलियम ट्यांकर चालक संघको अगुवाइमा मजदुरहरू विभिन्न मागसहित आन्दोलनमा उत्रिएका कारण पेट्रोल पप्प बन्द भएका हुन्। नेपाल आयल निगमले उपत्यकाका पेट्रोल पप्प बन्द हुँदा आपूर्ति ठप्प भएको जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरले आइतबार साँझदेखि नै पेट्रोल अभाव देखाउँदै पम्पहरू बन्द गरिएको सूचना आएको बताए। साथै पेट्रोलियम पदार्थ बोकेका ट्यांकर राजधानी भित्रिन पाएका छैनन्। संघका पदाधिकारीसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भइरहेको छ। संघका मागबारेमा छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रवक्ता चण्डीप्रसाद घिमिरेले जानकारी दिए।

मजदुरहरू सामाजिक सुरक्षा कोषमा आबद्धता गरिनुपर्ने, ट्यांकर चालक/ सहचालकहरुलाई नियुक्तिपत्र दि दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने र जोखिम भत्ता दिइनुपर्नेलगायतका ७ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन्।

जेठ ३२ देखि कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका मजदुरहरूले असार १ मा ट्यांकरमा कालो झण्डा राखेका थिए। गाडीको साँचो ट्यांकर धनीलाई बुझाएर मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थ बिक्रीवितरणमा समस्या देखिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =