आज बकर इद, देशभर सार्वजनिक बिदा

हिमाल प्रेस ३ असार २०८१ ७:०५ | Monday, June 17, 2024
आज बकर इद, देशभर सार्वजनिक बिदा

काठमाडौँ- मुस्लिम धर्मावलम्बी आज आफ्नो दोस्रो महान् पर्व बकर इद (उल अजाहा) पर्व मनाउँदैछन्।

बकर इद पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने परम्परा छ।

आज मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परंपरा छ। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।।

बकर इदको अवसरमा आज दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ।

प्रकाशित: ३ असार २०८१ ७:०५ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast