अस्ट्रेलियालाई स्कटल्यान्डको १८१ रन लक्ष्य

हिमाल प्रेस २ असार २०८१ ७:५६
6
SHARES
अस्ट्रेलियालाई स्कटल्यान्डको १८१ रन लक्ष्य 2157760060

काठमाडौँ- स्कटल्यान्डले अमेरिका तथा वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा अस्ट्रेलियालाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ।

वेस्ट इन्डिजको सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले ३४ बलमा २ चौका र ६ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय इनिङ खेले।

ओपनर जर्ज मुन्सेले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए। तेस्रो विकेटका लागि मुन्से र म्याकमुलनले ४८ बलमा ८९ रनको महत्वपूर्ण साझेदारी गरे।

कप्तान रिचि बेरिङ्गटनले ३० बलमा ४१ तथा म्याथ्यु क्रसले ११ बलमा १८ रन बनाए।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई तथा अस्टन अगर, नाथन एलिस र एडम जाम्पाले समान एक एक विकेट लिए।

सुपर एटमा स्थान बनाउनका लागि स्कटल्यान्डलाई स्पष्ट जितको आवश्यक छ। सुपर एटमा स्थान बनाईसकेको अस्ट्रेलियाको जितले इंग्ल्यान्डलाई सुपर एटमा पुर्याउने छ।

प्रकाशित: २ असार २०८१ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =