कति रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य?

हिमाल प्रेस २ असार २०८१ ६:१४
40
SHARES
कति रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य?

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

शनिबार मध्यरातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटाएको हो।

निगम सन्चालक समितिको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एक सय ५१ र तेस्रो वर्गअन्तर्गत एक ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एक सय ६५ मूल्य कायम भएको छ।

प्रकाशित: २ असार २०८१ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =