 
                             
                                            काठमाडौँ- ‘नेपालमा रेल कहिले आउला’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ। गीत रविन लामिछाने र सुनिता बुढा क्षेत्रीले गाएका छन्। गायक लामिछानेकै शब्द र संगीत रहेको गीतमा कृष्ण केसीको संगीत संयोजन छ।
एचविएन किस्मतले मिक्सिङ गरेको गीत वान डिवी एचडी नेक्स्ट लेभल स्टुडियोमा रेकर्ड गरिएको हो। स्मृति तिमल्सिना ‘गुरुआमा’ले छायांकन र निर्देशन गरेको गीतको भिडियोमा सुजन परियार, अर्जुन सापकोटा, अञ्जली अधिकारी र निकारिका थापाको रोमान्टिक नृत्य देख्न सकिन्छ।
नविन घर्ति मगरले सम्पादन गरेको गीत एडभेन्चर इन्टरटेनमेन्टले निर्माण गरेको हो। गीत गायक रविनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
यस्तो छ गीत
                            प्रकाशित: ३२ जेठ  २०८१ १३:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![‘गुन भुल्यौ’ की गायिका सारिकाको अर्को गीत ‘मैना चरी’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/08/maina-chari.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 