रूखबाट खसेर स्याङ्जामा महिलाको मृत्यु

हिमाल प्रेस ३० जेठ २०८१ १२:०१ | Wednesday, June 12, 2024
रूखबाट खसेर स्याङ्जामा महिलाको मृत्यु सांकेतिक तस्बिर।

पोखरा- घाँस काट्ने क्रममा रूखबाट खसेर स्याङ्जामा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा ७, साँखरकी ३५ वर्षीया सृजना ढकाल हुन्। उनी रेशम ढकालकी पत्नी हुन्।

बुधबार बिहान करिब ७ बजे आफ्नै बारीको पीपलको रूखमा चढेर घाँस काट्ने क्रममा उनी खसेकी थिइन्।

गम्भीर घाइते उनलाई रामपुर अस्पताल लगिएकोमा चिकित्सकले बिहान साढे ९ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले बताए।

प्रकाशित: ३० जेठ २०८१ १२:०१ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast