वर्षाले खाँदबारी-नुम सडकमा क्षति

हिमाल प्रेस ३० जेठ २०८१ ९:५३ | Wednesday, June 12, 2024
वर्षाले खाँदबारी-नुम सडकमा क्षति

संखुवासभा- कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए। कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका खण्डको ठूलो ढुंगा–पांमा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए।

वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोडको क्षति भएको उनले जानकारी दिए।

प्रकाशित: ३० जेठ २०८१ ९:५३ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast