रोजगार मेलामा पुगेर शिक्षामन्त्रीले भनिन् : रोजगारीका लागि सरकारले विशेष कदम चाल्छ

हिमाल प्रेस २९ जेठ २०८१ १३:३९ | Tuesday, June 11, 2024
रोजगार मेलामा पुगेर शिक्षामन्त्रीले भनिन् : रोजगारीका लागि सरकारले विशेष कदम चाल्छ

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको छ।

दुई दिनसम्म चल्ने मेलाको उद्घाटन गदै शिक्षा, विज्ञापन तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले रोजगारी सिर्जनाका लागि सरकारले उद्योगको विकास गर्नुपर्ने बताएकी छन्। रोजगारी अर्थतन्त्रको मरुदण्ड भएको बताउँदै उनले सरकारले युवामैत्री र रोजगारी सिर्जनाका लागि विशेष कदम चल्ने समेत बताइन्।

‘नेपालमा रोजगारी भएपनि युवामा वैदेशिक रोजगारीमा जाने लत बसेको छ। यसको विकल्पमा सरकारले सामाजिक सुरक्षासहित रोजगारी सिर्जनाका लागि विशेष योजना ल्याउनुपर्छ।’ उनले भनिन्।

रोजगारी सिर्जना भएपनि अन्य सुविधा नपाउँला युवा पलायन बढेको उनको भनाइ छ। यस्तै, ‘श्रमाधान रोजगार मेला’ उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले तीनै तहका सरकारले रोजगारी सिर्जनामा सहकार्य गर्नुपर्ने बताए।

उनले रोजगारी सिर्जनाका लागि बेग्लै बजेटमा व्यवस्था गर्नुपर्छ। स्वदेशमा गरिरहेको काम छाडेर युवा पालयन भइरहेको छ। यसका लागि सरकारले विशेष कदम चल्नुपर्ने उनको भनाइ छ।

दैनिक १५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भएपनि नेपाली युवालाई नेपाल भित्रै रोकी राख्न सक्यो भने त्यसलाई ठूलो उपलब्धि रूपमा लिन सकिने उनले बताए।

रोजगार मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी र नेपाल घरेलु तथा साना उद्योग महासंघ सहभागी छन्।

मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेको श्रम मन्त्रालयले जनाएको छ।

जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आज देखि सुरु भएको हो।

प्रकाशित: २९ जेठ २०८१ १३:३९ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast