मधेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त

हिमाल प्रेस २५ जेठ २०८१ ११:४८
42
SHARES
मधेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त मधेश प्रदेशको मुख्यमन्त्रीका लागि शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीसँग दाबी पेस गर्दै जनमत पार्टीका सतिशकुमार सिंह। तस्बिर : रासस

जनकपुरधाम- मधेश प्रदेशमा सतिशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएका छन्। जनमत पार्टीका नेता सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शुक्रबार बिहान मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

सिंहलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादीका गरी ५५ सांसदको समर्थन छ। उनी २०७९ सालको प्रदेशसभा चुनावमा सप्तरी क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका थिए। सिंहले शुक्रबार बिहान १२ बजेर २१ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा जनता समाजवादी पार्टीका लालबाबु राउतले मुख्यमन्त्रीको पूरै कार्यकाल बिताएका थिए। यसपल्ट भने सोही पार्टीका सरोजकुमार यादव पूरा कार्यकाल टिक्न सकेनन्।

२०७९ पुस २७ गते मुख्यमन्त्री भएका यादवको पद विश्वासको मत नपाउने भएपछि बिहीबारदेखि निष्क्रिय भएको थियो। त्यति बेला यादव ६३ सांसदको समर्थनमा उनलाई मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्रले समर्थन गरेका थिए।

प्रकाशित: २५ जेठ २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =