काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा नामिबियाले ओमानलाई १०९ रनमा रोकेको छ। नामिबियाका रुबेल ट्रम्पलम्यान र डेभिड विस घातक बन्दा ओमान १९ दशमलब ४ ओभरमै अलआउट भयो।
ट्रम्पलम्यानले ४ ओभरमा ४ विकेट लिँदा विसले ३ दशमलब ४ ओभरमै ३ विकेट लिए। जर्चहार्ड इरामसले २ र बर्नान्ड स्कोचले एक विकेट लिए।
यता ओमानका लागि भने खालिद कैलले बनाएको ३४ रन नै सर्वाधिक बन्यो। आयान खान १५, जिसन मक्सुद २२ र सकिल अहमद ११ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
बार्बाडोसको केन्सिङ्टन ओभलमा नामिबियाले टस जितेर बलिङ रोजेको थियो। केही बेरमा खेलको दोस्रो इनिङ्स सुरु हुनेछ।
                            प्रकाशित: २१ जेठ  २०८१ ७:५८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

