आईसीसी टी-२० विश्वकप : पीएनजीमाथि वेस्ट इन्डिजको संघर्षपूर्ण जित

हिमाल प्रेस २१ जेठ २०८१ ७:२५ | Monday, June 3, 2024
आईसीसी टी-२० विश्वकप : पीएनजीमाथि वेस्ट इन्डिजको संघर्षपूर्ण जित

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पीएनजी) संघर्षपूर्ण जित निकालेको छ।

आइतबार राति वेस्ट इन्डिजले गुयनामा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई पाँच विकेटले हराएको हो।

आइतबार पहिलो ब्याटिङ गरेको पीएनजीले आठ विकेट गुमाउँदै १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफमा वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो।

वेस्ट इन्डिजको जितमा रोस्टन चेजले २७ बलमा चार चौका र दुई छक्कासहित ४२ रन बनाए। त्यसअघि पीएनजीका सेसे बाउले ५० रन बनाएका थिए ।

प्रकाशित: २१ जेठ २०८१ ७:२५ | Monday, June 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast