घट्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति ?

हिमाल प्रेस १८ जेठ २०८१ २१:२०
38
SHARES
घट्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति ?

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगमले शनिबारदेखि लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ। हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६७ र तेस्रो वर्गका लागि एक सय ६८ कायम भएको छ।  डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५० रुपैयाँ ५० पैसा, एक सय ५२ रुपैयाँ र एक सय ५३ रुपैयाँ पुगेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ।

प्रकाशित: १८ जेठ २०८१ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =