‘खुस्मा’ को छायांकन सकियो

हिमाल प्रेस १३ जेठ २०८१ ११:५७ | Sunday, May 26, 2024
‘खुस्मा’ को छायांकन सकियो

काठमाडौँ- फिल्म ‘खुस्मा’ को छायांकन सकिएको छ। पहिलो चरणमा मनाङमा छायांकन गरिएको फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो।

फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिकामा छन्। अन्य कलाकार माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु) सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारको अभिनय छ।

मगर समुदायको परिवेश र प्रेमकथामा आधारित फिल्ममा जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेम देखाएको छ। फिल्म आगामी असोज ३ देखि नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ।

दिपक बज्राचार्यको छायांकन हेको फिल्म अशोक थापामगरको लेखन तथा निर्देशनमा बनेको छ।

फिल्मका निर्माता वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर हुन्। एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: १३ जेठ २०८१ ११:५७ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast