एसीसी महिला एसिया कप : नेपालको प्रारम्भिक टोली घोषणा

हिमाल प्रेस १० जेठ २०८१ १३:३६ | Thursday, May 23, 2024
एसीसी महिला एसिया कप : नेपालको प्रारम्भिक टोली घोषणा फाइल तस्बिर

काठमाडौं – एसिसी महिला एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिर टोली घोषणा गरेको छ। क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रराम्भिक टोली सर्वाजनिक गरेको हो।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजकश्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।

नेपालले जुलाई १९मा पाकिस्तासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुलाई २१ मा युएई र २३ मा भारतको सामना गर्नेछ।

नेपालले कसरी खेल्न पायो एसिया कप?

एसिसीले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइिसिसी)को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसिसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो।

तर, पछि एसिसीले मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो।

योसँगै नेपाली महिला टोलीले तेस्रो पटक एसिया कपमा सहभागिता जनाउने भएको छ। नेपालले यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

नेपालको प्रारम्भिक टोली

इन्दु बर्मा ( कप्तान),सबनम राई, रुबिना छेत्री, सीता रानामगर, खुशी डंगोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार (विकेटकिपर), लक्ष्मी साउद, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर), करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य, डोली भट्ट, संगीता राई, आरति महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, यशोदा विष्ट, किर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी, हेलिशा गुरुङ

प्रकाशित: १० जेठ २०८१ १३:३६ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast