उभौली पर्व मनाउँदै

हिमाल प्रेस १० जेठ २०८१ ८:४९ | Thursday, May 23, 2024
उभौली पर्व मनाउँदै फाइल तस्बिर।

काठमाडौँ- आज किराँत समुदायले उभौली पर्व मनाउँदैछन्। किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन्।

किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् बैशाख पूर्णिमा पछि गर्मी बढ्दै जानेर बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगीलगायत जंगली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ भने किराँत समुदायका भिन्न भिन्न सम्प्रदायका मानिसले साकेला नाच नाच्दछन्।

किराँत समुदायमा पनि एकथरीले उभौली पर्व माघ १ गते नै मनाउने गर्छन् । उधौली भने साउन १ गते मनाउँछन्। पर्वको अवसर पारेर आज ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा किराँत समुदायका मानिस जम्मा भई विधिपूर्वक पूजा आराधना गर्ने गर्दछन्।

प्रकाशित: १० जेठ २०८१ ८:४९ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast