विकल पौडेलविरुद्ध अर्को पनि मुद्दा दायर

हिमाल प्रेस ९ जेठ २०८१ १७:३३ | Wednesday, May 22, 2024
विकल पौडेलविरुद्ध अर्को पनि मुद्दा दायर विकल पौडेल

काठमाडौँ- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध फेरि मुद्दा दर्ता भएको छ। पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बिगो मागसहित उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

यसअघि नै झुटा विवरण र हानी नोक्सानीसम्बन्धी मुद्दा दायर भएको थियो। उनीविरुद्ध अब तीन मुद्दा परेको विशेष अदालतले जनाएको छ। मंगलबार मात्रै पौडेललाई अर्को मुद्दामा विशेष अदालतले भ्रष्टाचारी ठहर गरी दुई वर्ष कैद सजाय सुनाएको थियो।

प्रकाशित: ९ जेठ २०८१ १७:३३ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast