विरहीलाई कृति स्मृति सम्मान र सिग्देललाई आर्थिक पत्रकारिता पुरस्कार

हिमाल प्रेस ८ जेठ २०८१ २१:५९ | Tuesday, May 21, 2024
विरहीलाई कृति स्मृति सम्मान र सिग्देललाई आर्थिक पत्रकारिता पुरस्कार

पोखरा- नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०८०’ र महासंघ कास्की सहसचिव श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ दिने भएको छ।

पूर्वसांसद समेत रहेका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएकोमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ। पुरस्कार राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ।

यस्तै महासंघले नै स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारको राशि २० हजार र सम्मानपत्र छ।

२०५४ सालदेखि पत्रकारिता सुरु गरेका सिग्देल पोखराका पुराना पत्रकार हुन्। उनी चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक एवं समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुन्।

महासंघ कास्कीको १२ जेठमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा हुने १७ वार्षिक साधारण सभा अवसरमा पुरस्कार प्रदान गरिने अध्यक्ष विमला भण्डारीले बताइन्।

प्रकाशित: ८ जेठ २०८१ २१:५९ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast