रवि लामिछानेलाई कारबाहीको माग गर्दै सभामुखलाई धनराज गुरुङको निवेदन

हिमाल प्रेस ७ जेठ २०८१ १६:१९ | Monday, May 20, 2024
रवि लामिछानेलाई कारबाहीको माग गर्दै सभामुखलाई धनराज गुरुङको निवेदन धनराज गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सभामुखसमक्ष निवेदन दिएका छन्। उनले ‘सत्य तथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गरी पाऊँ’ भन्दै सोमबार निवेदन दिएका हुन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै मन्त्री लामिछानेले रातो पासपोर्ट दुरुपयोगको प्रसंग उठाएका थिए। सो प्रकरण गुरुङसँग सम्बन्धित छ। उनले निवेदनमा अदालतले गरेको फैसलामाथि अवहेलना गरेको, आम नागरिकमा भ्रम सिर्जना गरेकाले अदालतभन्दा पनि आफू माथि रहेको गृहमन्त्रीको अभिव्यक्तिबाट देखिएको उल्लेख गरेका छन्।

गृहमन्त्रीको अनैतिक कुराले संसदकाे अवहेलना हुन पुगेकाले सो कुराको पुष्टि गर्न समेत गुरुङले चुनौती दिएका छन्।

प्रकाशित: ७ जेठ २०८१ १६:१९ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast