आईपीएल : लज्जास्पद रह्यो मुम्बईको लिग चरण, जिते पनि बाहिरियो लखनउ

हिमाल प्रेस ५ जेठ २०८१ ७:३० | Saturday, May 18, 2024
आईपीएल : लज्जास्पद रह्यो मुम्बईको लिग चरण, जिते पनि बाहिरियो लखनउ

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।

मुम्बईले तालिकाको पुछारमा रहेर सिजिन समाप्त गर्‍यो। पाँच पटकको च्यामियन मुम्बई लगातार दोस्रो सिजन १० नम्बरमा रह्यो।

वानखेडे स्टेडियममा घरेलु टोली मुम्बईले टस जितेर फिल्डिङ रोजेको थियो। लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो।

लखनउको सुरुवात खराब रह्यो। टोलीले पहिलो ओभरमै दवदत्त पाडिक्कलको विकेट गुमाएको थियो। त्यसपछि कप्तान केएल राहुल र मार्कस स्टोइनिसले इनिङ्सलाई सम्हाले। पावरप्लेको अन्तिम बलमा स्टोइनिस २८ रनमा बाहिरिए। दिपक हुड्डाले ११ रन मात्र बनाउन सके।

केएल राहुलले चौथो विकेटका लागि निकोलस पुरनसँग ४४ बलमा १ सय ९ रनको शतकीय साझेदारी गरे। पुरनले २९ बलमा ७५ रनको अर्धशतकीय इनिङ खेले । केएल राहुलले ५५ रन बनाए। मुम्बईका पियुष चावला र नुवान तुषाराले ३(३ विकेट लिए।

जवाफमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन मात्रै बनाउन सक्यो। मुम्बईका रोहित शर्माले ६८ रनमा आउट भए।

नमन धीरले अविजित ६२ रनको इनिङ्स खेले। रवि बिश्नोई र नवीन उल हकले २-२ विकेट लिए।

लखनउ १४ खेलमा १४ अंकसहित लिगको छौठौं स्थानमा रह्यो। लखनउ आईपीएलको यो सिजनबाट बाहिरिएको छ।

मुम्बई ८ अंकसहित लिगको पुछारमा रह्यो।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बौंगलुरुले चेन्नई सुपर किंग्सलाई स्वागत गर्दैछ। यस खेलको नतिजापछि आईपीएलको प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ।

प्रकाशित: ५ जेठ २०८१ ७:३० | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast