सिंहदरबारमा छलफलमा जुटे प्रचण्ड-ओली र रवि

हिमाल प्रेस २ जेठ २०८१ १६:४१ | Wednesday, May 15, 2024
सिंहदरबारमा छलफलमा जुटे प्रचण्ड-ओली र रवि फाइल तस्बिर

काठमाडौँ- संसदमा कांग्रेसको जारी अवरोधको निकास खोज्न सत्तारुढ प्रमुख घटकका शीर्ष नेता छलफलमा जुटेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच अहिले छलफल भइरहेको हो। उक्त छलफलमा जसपाका नेता पनि सहभागी छन्।

सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ।
कांग्रेसले हिजो राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि सदनको कार्यसूची अघि बढाउन दिएको छैन।

प्रकाशित: २ जेठ २०८१ १६:४१ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast