आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल (बिचमा) सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल। फाइल तस्बिर।
काठमाडौँ- सरकारले गरिब परिवारलाई विद्युतीय चुल्हो र ट्युबेल दिने भएको छ। मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गरिबलक्षित कार्यक्रमहरू सञ्चालन गरिने बताएका हुन्।
त्यस्तै कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको दाबी सरकारको छ। नीति तथा कार्यक्रममार्फत आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी छ। नीति तथा कार्यक्रमले लोकतन्त्रको सुदृढीकरण तथा अर्थतन्त्रको उत्थानलाई केन्द्रमा राखेको राष्ट्रपति पौडेलले बताए।
प्रकाशित: १ जेठ २०८१ १५:३७ | Tuesday, May 14, 2024
प्रतिक्रिया





