लालिगा : बार्सिलोना दोस्रो स्थानमा

हिमाल प्रेस १ जेठ २०८१ ७:३२ | Tuesday, May 14, 2024
लालिगा : बार्सिलोना दोस्रो स्थानमा

काठमाडौँ- बार्सिलोना स्पेनिस लालिगाको दोस्रो स्थानमा उक्लिएको छ।

मंगलबार सम्पन्न खेलमा रियल सोसिडाडलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो।

३५ खेल खेलेको बार्सिलोनाको ७६ अंक रहेको छ। पराजित सोसिडाड समान खेलबाट ५४ अंक जोड्दै सातौँ स्थानमा छ।

खेलको ४०औँ मिनेटमा लमिन यमलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले इल्के गुन्डोगनको पासमा गोल गरे।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए।

प्रकाशित: १ जेठ २०८१ ७:३२ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast