आईपीएल : वर्षा बाधक बन्दा गुजरातको यात्रा रोकियो, कोलकाता शीर्ष दुईमा

हिमाल प्रेस १ जेठ २०८१ ६:५४ | Tuesday, May 14, 2024
आईपीएल : वर्षा बाधक बन्दा गुजरातको यात्रा रोकियो, कोलकाता शीर्ष दुईमा

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा वर्षा बाधक बन्दा गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्ससँगको खेलमा अंक बाँडेका छन्।

अंक बाँड्दा गुजरातको प्लेअफ सम्भावना सकिएको छ। किनकि, कमजोर अंकका कारण अब शीर्ष चारमा पुग्ने सम्भावना छैन। गत सिजनमा फाइनल पुगेको गुजरातलाई यो सिजन प्लेअफ नै पुगेन।

घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रोकिएको हो।
यता कोलकाताले शीर्ष दुईमा परेको छ। कोलकाताको प्लेअफ पुगिसकेको छ। यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ। र, एक खेलमात्रै खेल्न बाँकी छ।

यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ। कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ। दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन्।

प्रकाशित: १ जेठ २०८१ ६:५४ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast